रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा आज (बिहीवार) बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा १० जना घाइते भएका छन्।

बिज्ञापन

बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री रहेका छन्। त्यस्तै बाँफीकोट गाउँपालिका–८ की रेखा खनाल केसी र उनका २२ दिने छोरा रोशनको पनि दुर्घटनामा मृत्यु भएको छ। जिपमा जम्मा १४ यात्रु सवार थिए।

बिज्ञापन

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको वडाध्यक्ष खत्रीले बताए। गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि अन्यत्र लैजाने तयारी रहेको उनको भनाइ छ। सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नमराज भट्टराई बताए। घटनास्थलमा उद्धारको काम भइरहेकोले यसबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
सक्षम बिश्वकार्मा
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page