काठमाडौं/चैत्र ५ गते हुनगहिरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव नजिकिदै गर्दा विभिन्न संघ-संगठनहरुको चहलपहल निकै बढेको छ । यसै सन्दर्भमा सुदूरपश्चिम अछाम घरभहि हाल काठमाडौंको नेपाल कमर्स क्याम्पसमा अध्यानरत छत्र बि.क अखिल(क्रान्तिकारी) बिप्लब बाट स्ववियु सभापति पदको उम्मेदवार ।
अछामको बिकट ठाउँमा घरभहि जन्मेका छत्र बि.क न्युन परिवारमा हुर्केका हुन उनि भन्छन म जस्तै गरिब तथा न्युन परिवारमा जन्मेका र नेपालको राजधानी काठमाडौंमा उच्च शिक्षा हासिल गर्न आउनु भएका सुदुर तथा कर्णाली प्रदेशका विद्यार्थीहरुको पिरमर्का मैले बुझेको छु । केहि सौलियता गर्न सकिन्छकि भनेर मैले स्ववियु सभापतिमा उमेदवार दिएको हु ।
क्याम्पसमा भएका राजनीतिक भागबन्डाका आधारमा पाईने छात्रवृत्तिलाई तोडेर बास्तबिक गरिब तथा ज्याहान्दार विद्यार्थीहरुलाई पहिचान गरि छात्रवृत्ति दिने व्यवस्था मिलाउने छु । त्येहाको शैक्षिक वातावरणलाई व्यबस्थित ढङ्गले पठनपाठन गर्ने व्यवस्था मिलाउनेछु । क्याम्पसमा भएका बिकृति बिसंगतिका विरुद्ध विद्यार्थीहरुसङ्ग हातेमालो गरि व्यापक भन्डाफोर गर्ने छु ।
मलाई बिश्वस छ नेपाल कमर्स क्याम्पसमा अध्ययन गर्ने सम्पुर्ण विद्यार्थीहरुले मलाई अमुल्य भोट दिएर बिजय गराउने छन विद्यार्थीहरुको न्यायकालागि म सधै लड्ने छु । नेपाल कमर्स क्याम्पसका विद्यार्थीहरुलाई आवासीय बासस्थानको व्यवस्था गरिने छ देशको विभिन्न भु-भागबाट पड्न आएका विद्यार्थीले महँगोकोठा लिएर पढन नसकिने हुन सक्छ त्यसैले सस्तोसुलभ होस्टेलको व्यवस्था गरिने छ । विद्यार्थीको लगानीबाट रोजगारीको व्यवस्था गर्नु पर्छ विद्यार्थीबाट लाखौं र हजारौं शुल्क लगिदैछ त्येसैबाट क्याम्पस प्रशासनले उत्पादनको निति ल्याउनु पर्छ !

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page