म किन लडेँ ? रातको सन्नाटामा उठेर सोध्छ मलाई,
आँखाभरि पुराना घाउहरू बोकेर
मेरो विगत आफैंसँग हिसाब माग्छ ।
बिज्ञापन
जनयुद्धको आँधीबेहरीमा
म केवल बन्दुक बोकेको मान्छे थिइनँ,
म थिएँ
भोकले थाकेको गाउँको आवाज,
अन्यायले थिचिएको सपनाको चिच्याहट,
परिवर्तन खोज्ने एक असहाय आस्था ।
बिज्ञापन
हिउँ जस्तै चिसो रातहरूमा
जंगलका पातहरू ओछ्यान बनाउदा,
मलाई लाग्थ्यो
भोलि नयाँ बिहान आउँछ,
जहाँ मेरो आमाको आँसु
खेतको पानीसँग मिसिएर बग्ने छैन ।
तर समयले
सधैं सपना जस्तो न्याय गर्दैन रहेछ ।
धेरै साथीहरू
कहिले फर्किएनन्,
कसैका नाम मात्र बाँकी रहे,
कसैका आवाजहरू इतिहासबाट हराए ।
बिज्ञापन
आज म बाँचिरहेछु,
तर पुरानो म मरेको जस्तो लाग्छ ।
मेरो काँधमा अझै
त्यो समयको भारी छ,
जहाँ विचार र भावनाको बीचमा
मान्छेहरू टुक्रिए,
र जीवनले अर्थ खोजिरह्यो ।
म किन लडेँ ?
सायद उत्तर एउटै छैन
न्यायको खोज थियो,
क्रान्तिको सपना थियो,
र आफ्नो अस्तित्व जोगाउने संघर्ष थियो ।
तर आज,
म शान्त भएर सोच्छु
लडाइँले कस्लाइ बदल्यो
म भित्रको युद्द अझै जिउदैछ ।
अब म बाँच्न चाहन्छु
नयाँ अर्थमा,
पुराना घाउलाई सम्झेर
भविष्यलाई फेरि लेख्न
क्रान्तिको सानो उज्यालोमा
आफ्नो जीवन फेरि भेट्न चाहन्छु ।
मलाइ मार्न पनि सक्छौ तिमि
तर
म भित्रको युद्द मार्न सक्दैनौ
म भित्रको युद्द जिउदो रहुन्जेल
म मर्ने छैन म हार्ने छैन ।
नेकपा (माओवादी) का महासचिव बिप्लव सि ले कार्वाही गरे पछि त्येस्को जबाफ सामाजिक संजाल कविता मार्फत दिएका हुन ।
















