काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएको छ ।

बिज्ञापन

आज (शनिबार)देशका विभिन्न ३६ जिल्लामा अधिवेशन हुन लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बिज्ञापन

आज कोशी प्रदेशका ८ जिल्लामा, मधेशका २ जिल्लामा, बागमती प्रदेशका ९ जिल्लामा, गण्डकी प्रदेशका ५ जिल्लामा र गण्डकी प्रदेशका ५ जिल्लामा अधिवेशन हुने भएको छ । यसैगरी, लुम्बिनी प्रदेशका ८ जिल्लामा, कर्णाली प्रदेशका २ जिल्लामा र सुदुरपश्चिम प्रदेशका ३ जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ ।

यस्तै, भोलि (आइतबार) देशका विभिन्न २९ जिल्लामा अधिवेशन हुने भएको छ ।

बिज्ञापन

भोलि कोशी प्रदेशका ४ जिल्लामा, मधेश प्रदेशका ४ जिल्लामा, बागमती प्रदेशका २ जिल्लामा, गण्डकी प्रदेशका ४ जिल्लामा, लुम्बिनी प्रदेशका ३ जिल्लामा, कर्णाली प्रदेशका ६ जिल्लामा र सुदुर पश्चिम प्रदेशका ६ जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ ।

संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन जेष्ठ २६ गते हुने भएको छ ।

रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ ।

योसँगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page