काठमाडौँ सामाजिक सञ्जालमा माननीय रिमा बिश्वकर्माले हालै गरेको एक स्टाटसले राजनीतिक वृत्तमा नयाँ व्यंग्यको विषय जन्माएको छ। एकातिर दलित समुदायसँग क्षमायाचनाको भाषण, अर्कोतिर अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै बीच हिरासतभित्र एक दलित नागरिकको शंकास्पद मृत्यु—यही विषय उठाउँदै उनले लेखिन्, “न्याय देऊ सरकार!”
बिज्ञापन
तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको प्रश्न भने अझ चर्को सुनियो—“सरकार कसको हो त माननीयज्यू?”
दुईतिहाइको शक्तिशाली सरकार आफ्नै दलको, सत्ता आफ्नै हातमा, निर्णय गर्ने कुर्सी आफ्नै वरिपरि—तर न्याय माग्न फेरि स्टाटस नै सहारा बनेपछि जनताले यसलाई “आफ्नै घरमा ढोका ढकढक्याएको” दृश्यसँग तुलना गरेका छन्।
राजनीतिक विश्लेषकहरू भन्छन्, “जब सरकारभित्रै बसेकाहरूले ‘सरकार, न्याय देऊ’ भन्न थाल्छन्, तब जनताले कसलाई गुहार्ने?”
बिज्ञापन
सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरेका छन्—
“यदि माननीयज्यूले नै सरकारलाई सम्झाउन फेसबुक चाहिन्छ भने, सर्वसाधारणले न्याय पाउन सायद मंगल ग्रह पुग्नुपर्ला!”
घटनाको सत्य अनुसन्धान र दोषीमाथि कारबाही आवश्यक भए पनि, आफ्नै शासन व्यवस्थामाथि सार्वजनिक रूपमा प्रश्न उठाउनु सत्ता पक्षकै नैतिक संकटको संकेत भएको टिप्पणी भइरहेको छ।














