काठमाडौं । नेपाली लायनवादमा ऊर्जाशील, सक्षम र दूरदर्शी युवा नेतृत्वका रूपमा परिचित लायन राजन धरातल श्रेष्ठले लायन वर्ष २०२६/२७ का लागि डिष्ट्रिक्ट ३२५ ई को द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
Lions Clubs International अन्तर्गत सक्रिय रहँदै लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जका चार्टर्ड प्रेसिडेन्ट श्रेष्ठले “सामुदायिक सेवाका नेतृत्वकर्ता” का रूपमा आफ्नो प्रभावशाली भूमिका स्थापित गर्नुभएको छ।
लायनवादको सुदृढीकरण र संस्थागत विकासका लागि उहाँले डिस्ट्रिक्ट चेयरपर्सन, जोन चेयरपर्सन, GLT/GMT कोअर्डिनेटर तथा चिफ एरिया कोअर्डिनेटरजस्ता महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ। संगठनभित्रको अनुभव, नेतृत्व क्षमता र सेवामूलक दृष्टिकोणका कारण उहाँलाई एक प्रभावशाली र परिणाममुखी नेतृत्वका रूपमा हेरिएको छ।
श्रेष्ठले Lions Clubs International बाट DLLI, RLLI, ALLI देखि FDI सम्मका उच्चस्तरीय तालिमहरू प्राप्त गर्नुका साथै लायन्स युनिभर्सिटीबाट पीएचडीसम्मको प्राज्ञिक अध्ययन पूरा गर्नुभएको छ। अन्तर्राष्ट्रिय स्तरमा उहाँ GAT मेडल, प्रेसिडेन्सियल मेडल तथा प्रोग्रेसिभ मेल्भिन जोन्स फेलो (PMJF) बाट सम्मानित भइसक्नुभएको छ।
त्यसैगरी, टीयू लायन्स रक्तसञ्चार बैंकका संस्थापक सदस्यका रूपमा उहाँले मानवीय सेवामा पनि उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ। सामाजिक उत्तरदायित्व, सेवाभाव र संगठनात्मक समर्पणले उहाँलाई लायनवृत्तमा विशेष स्थान दिलाएको छ।
उम्मेदवारी घोषणासँगै श्रेष्ठले स्पष्ट दृष्टिकोण, युवा सहभागिता, प्रविधिमैत्री प्रणाली र लायन एकतामा अडिग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। “हामी सेवा गर्छौं” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्ने आफ्नो अभियानलाई अझ प्रभावकारी बनाउने उहाँको भनाइ छ।
लायनवृत्तमा उहाँको यो उम्मेदवारी नेपाली लायनवादलाई अन्तर्राष्ट्रिय स्तरसम्म थप मजबुत बनाउने कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ। अनुभवी, ऊर्जाशील र समाधानमुखी नेतृत्वका कारण आगामी वर्षमा संगठनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page