काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज हर्क साम्पाङले सरकारलाई सघाउने पक्षेमा रहेको बताएका छन् ।

बिज्ञापन

शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने बताए ।

बिज्ञापन

उनले भने, ‘सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने छौँ । सहयोग गछै्र । सरकाले गर्नु पर्ने काम त्यसलाई प्रतिपक्षमा रहेर सहयोग गर्ने छैँ । देशलाई सघाउने पक्षेमा रहेको छैँ ।’

राजनीति गर्ने मान्छेले सर्वोच्च पदमा पुग्ने उद्देश्य राख्नुपर्ने भएकाले भावी प्रधानमन्त्रीको रूपमा आफूलाई अघि सारेको उनले बताए ।

बिज्ञापन

उनले भने, ‘राजनीति गर्ने मान्छेले सर्वोच्च स्थानमा पुग्ने उद्देश्य राख्छ, राख्नुपर्छ। यसलाई अन्यथा मान्नुभएन। पार्टीको अध्यक्ष भएको नाताले सबै अरूले पनि भनेको हो त्यसमा मैले पनि भनेँ त्यसमा ठुलो कुरा छ र जनताले जे निर्णय गर्नुभयो यसलाई हामीले सहर्ष स्विकार्नुपर्छ सम्मान गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page