अछाम — पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ कार्यालयले सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला तथा अवाञ्छित गतिविधि गर्ने क्रम बढ्दै गएको भन्दै कडा चेतावनी जारी गरेको छ।

बिज्ञापन

वडा कार्यालयद्वारा जारी “अत्यन्त जरुरी सूचना” अनुसार पछिल्लो समय विभिन्न सार्वजनिक स्थलहरूमा मदिरा सेवन गरी अशान्ति फैलाउने गतिविधि बढेको भन्दै स्थानीयवासीबाट गुनासो आएको उल्लेख गरिएको छ।

बिज्ञापन

यस विषयमा बसेको बैठकले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानून बमोजिम कारबाही गर्न स्थानीय प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको जनाइएको छ।
वडा कार्यालयले सबै नगरवासीलाई यस्ता गतिविधि नगर्न/नगराउन आग्रह गर्दै यदि कसैले उल्लङ्घन गरेमा कानुन अनुसार दण्ड–जरिवाना गरिने स्पष्ट पारेको छ। साथै पञ्चदेवल विनायक नगरपालिका को आर्थिक ऐन २०७८ अनुसार समेत कारबाही हुने उल्लेख गरिएको छ।

उक्त सूचना वडा अध्यक्ष कृष्ण बहादुर धामी द्वारा हस्ताक्षरित रहेको छ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page