अछाम । अछाम जिल्ला क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) की समानुपातिक उम्मेदवार रत्ना कुमारी थापा (धामी) लाई आगामी निर्वाचनमा अत्यधिक बहुमतले विजयी गराउन स्थानीय तहदेखि सर्वसाधारण मतदाताले समर्थन जनाएका छन्।
साधारण जीवनशैली, इमानदार नेतृत्व र असल व्यक्तित्वकी धनी नेतृ थापा महिला सशक्तीकरण, सुशासन र विकासलाई प्राथमिकतामा राख्दै राजनीतिमा सक्रिय रहँदै आएकी छन्। उहाँको नेतृत्व क्षमताले अछामको समग्र विकास र जनताको आवाज संसदसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, सिद्धान्त र परिवर्तनको एजेन्डालाई आत्मसात गर्दै थापा जनताको सेवामा समर्पित उम्मेदवारको रूपमा चिनिनु भएको छ। अछाम क्षेत्र नं. २ का मतदाताले उहाँलाई योग्य, सक्षम र भरोसायोग्य महिला नेतृको रूपमा हेरेका छन्।
आगामी निर्वाचनमा रत्ना कुमारी थापा (धामी) लाई अत्यधिक बहुमतका साथ विजयी गराई परिवर्तनको यात्रामा साथ दिनु आजको आवश्यकता रहेको स्थानीयको भनाइ छ

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page