दलित आन्दोलन र प्रतिनिधित्वको नाम लिने तर व्यवहारमा अधुरो प्रतिबद्धता देखाउने प्रवृत्ति अहिले दलित राजनीतिक क्षेत्रमा ठूलो समस्या बनेको छ। “दलितलाई खै?” भनेर मात्र बोलि खर्च गरेर परिवर्तन सम्भव हुँदैन। अहिले आवश्यकता चरणगत पार्टीगत हस्तक्षेप र संगठनात्मक सक्रियता को छ।

बिज्ञापन

वास्तविकता के हो भने, दलितले जहाँ–जहाँ प्रत्यक्ष टिकट प्राप्त गरेका छन्, त्यहाँ भोट, मनोबल र संरचनागत सहयोग अत्यावश्यक छ। तर तपाईंजस्ता अनुभवी अगुवा नेताको भूमिका दर्शकको जस्तो र कुनै एउटा पार्टिको झोले जस्तो देखिनु दुखद र दुर्भाग्यपूर्ण छ। पार्टी वा गठबन्धन जे भए पनि, दलित उम्मेदवारलाई एउटै राजनीतिक मोर्चामा उभ्याएर जिताउन मद्दत गर्नु तपाईंको कर्तव्य हो ।
नत्र “दलित मुद्दा” बोल्ने नैतिक हैसियत कमजोर हुन्छ।
दलितलाई पार्टीगत चर्चामा पछाडि धकेल्ने काम मात्रै आलोचनाले रोकिन्न; त्यसका लागि मैदानमा जानुपर्छ, संगठन चलाउनु पर्छ, क्याडर मोभिलाइज गर्नु पर्छ, अनि प्रत्यक्ष टिकट पाएका साथीहरूलाई हौसला दिनुपर्छ। हौसला ले मात्र पनि पुग्दैन प्रत्यक्ष टिकट पाएको क्षेत्रमा नै गएर सम्बोधन सहित यदि दलित का हक अधिकार सम्बन्धी आगो ओकेल्ने समयमा तपाईं मौन बस्नु गलत भएको बुझेको छु ६० लाख दलित समुदाय को भरोसा बोकेर उदाउनु भएको तपाईं आज एक ठाउमा सिमित भएको पटक्कै सुहाएको छैन ।प्रत्यक्ष उठेका उम्मेदवारहरूप्रति आज समर्थन र सुरक्षा दिन सकिएन भने भोलि दलित मुद्दा झनै कमजोर हुन्छ — यसको जिम्मा इतिहासले पार्टीसँगै तपाईंलाई पनि सोध्नेछ।
दलितको राजनीति कुनै एक पार्टीको ऋण होइन — यो संवैधानिक अधिकार, राजनीतिक अस्तित्व र सामाजिक गरिमा को प्रश्न हो। त्यसैले तपाईंले:

बिज्ञापन

पार्टी नहेरी दलित उम्मेदवारको पक्षमा खुल्ने
क्षेत्रगत मोटिभेसन कार्यक्रमहरू सञ्चालन गर्ने
क्याडर–स्तरमा सक्रिय संजाल बनाउने
गठबन्धन समन्वयमा दलित प्रश्न उठाउने
जस्ता काम तत्काल गर्नु आवश्यक छ।
यस सन्दर्भमा मौनतामा बसेर दलित आन्दोलनको हित हुदैन , प्रतिगमन हो। अब बोल्ने होइन, गरि देखाउने समय आएको छ। पार्टीगत हिसाबले समेत दलित मुद्दामा फाँट र फ्रन्ट दुवै खुलिसकेका छन् — त्यसैले अब फर्कने ठाउँ छैन।
सामाजिक न्याय — जिन्दाबाद!
दलित प्रतिनिधित्व — जिन्दाबाद
!

(कर्ण बिस्वकर्मा
अछाम

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
कर्ण बिस्वकर्मा
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page