देशको सीमा भारतीय बिस्तारवादद्वारा अतिक्रणको बिरोधमा नेपालको राष्ट्रिय झण्डा लिएर सडकमा जाँदा सरकारले देशभक्त विद्यार्थीमाथि बम बिस्फोटको झुट्टा मुद्धा लगायो । राष्ट्रिय स्वाधिनताको आन्दोलनमा उत्रिएका विद्यार्थीहरुलाई गिफ्तार गरेर राज्यद्रोह र अभद्र व्यवहारको मुद्धा लगायो ।

बिज्ञापन

नेपाल आमाको अस्मितामाथि भारतकोे गिद्धेनजरको बिरोध गरेको कुरा शासकहरुलाई पचेनछ । नेपालीभूमी फिर्ता गर भनेर निकालिएको २०७६ कात्तिक २४ गतेको विद्यार्थीको प्रदर्शमा राज्यले बर्बर दमन गर्यो । भारतले गरेको सीमा अतिक्रम विरोध गर्दा सरकारले विद्यार्थीको विरोध प्रदर्शनमाथि दमन गरेर आफू भारतीय बिस्तारवादको असली दलाल भएको कुरा पुष्टी गर्यो । केपी ओलीको राष्ट्रवादको नक्कली मुकुण्डो जनताका अगाडि च्या’तिएको दिन थियो ।

बिज्ञापन

राजनीतिक आस्था राखेकै कारण एउटा विद्यार्थीलाई जेल हालेर यातना दिइन्छ । संविधानतः अहिलेको ब्यबस्थालाई संघीय लोकतान्त्रिक गणतन्त्र भनिन्छ । राजनीतिक स्वतन्त्रता, मानव अधिकार, वाक स्तन्त्रताजस्ता नागरिकका अधिकारलाई सुनिश्चित गरिएको भनिन्छ । तर, एउटा पार्टीमा राजनीतिक आस्था र विचार राखेकै कारण पढ्ने विद्यार्थीलाई समेत बिभिन्न आ’रोपमा फसाईन्छ । राज्यले हामीजस्ता सामान्य विद्यार्थीलाई फसाउन अनेकौं झुट्टा मुद्धाको षड्यन्त्र गर्दछ ।

आखिर भनिन्छ सत्यको जित अवश्य हुन्छ । मान्छे अजम्बरी कदापी र कोही हुँदैन । सबैको जन्म एउटै तरिकाले हुन्छ । तर, जन्मिएको परिबेश र समाज फरकफरक हुन्छ । तसर्थ मान्छे कुन र कस्तो सामाजिक पृष्ठभूमीमा जन्मिएको हो भन्नेमा उसको राजनीतिक तथा सामाजिक विचार र दृष्टिकोण निर्भर गर्दछ । मान्छेलाई समाजले कस्तो बनाउने हो भन्नेमा सामाजिक तथा राजनीतिक नेतृत्व र प्रणालीमा भर पर्दछ ।

बिज्ञापन

मान्छेको जीवनमा केही सपना हुन्छन् । कुनै सपना सिमित हुन्छन भने कुनै असिमित हुन्छन् । मेरा पनि त्यस्तै सपनाहरु छन् । ती सपनाहरुमा राज्य जिम्मेवार बनोस भन्ने सबैको चाहना हुन्छ । समाजमा अन्याय, अत्याचार, भेदभाब, शोषणको अन्त्य भएको समृद्ध समाजको कल्पना म जस्ता सबै नागरिकले गरेका हुन्छौं । जब राज्य आफ्नो जिम्मेवारीबाट बिमूख हुन्छ तब हामीजस्ता प्रगतिशिल चेतना भएका विद्यार्थीहरुले अन्याय, अत्यारको विरोध अनि समानता र समृद्धिका लागि आवाज बुलन्द पार्दछौं । सरकार र देश र जनताको पक्षमा भएपछि सीमा रक्षाको लागि उठेका आवाजलाई सुन्नुपर्छ । तर, हाम्रो देशको सरकारले त्यस्ता आवाज सुन्ने भन्दापनि दमन गर्ने र अनेकौं षड्यन्त्र गरी फसाउँछ । मलाई पनि त्यही गरियो । मैले सीमा रक्षाको लागि आवाज उठाएको मात्रै थिए, संविधान र कानुनअनुसार म नावालक हुँदाहुँदै पनि सरकारले ममाथि राज्यद्रो’हको मुद्धा लगायो । हाम्रो देशमा राज्य र कानुन सत्ताको शक्तिको नजिक र पैसावालकै पक्षमा हुँन्छ भन्ने सुनेको थिए, अहिले आफैले भोगेँ ।

राज्य सञ्चालनको जिम्मा लिएका मान्छेहरुले नै जनतालाई चारैतर्फबाट लुटपाट गरिरहेका छन् । जनता यति हैरानीमा छन् की त्यो प्रत्यक्ष जनतालाई अनुभब छ । हाम्रो देशमा दुईतिहाईको सरकार बनेपछि राजीतिक स्थायित्व, बिकास भ्रष्टाचारको अन्त्य हुनुपर्नेमा झन् जताततै संकट पैदा भएको छ । देशका साधारण जनता, कर्मचारी, पत्रकार, बुद्धिजीबी, शिक्षक आदि कोही पनि सन्तुष्टी छैन ।

एउटा विचारमाथि गोली बर्साउँदैमा विचार मार्न सकिँदैन । मान्छेको भौतिक शरीर मा’रेपनि यस्तो विचारलाई कदापी मा’र्न सकिँदैन । म छातीमा हात राखेर भन्न सक्छु, क्रा’न्ति सम्भब छ, क्रान्ति हुन्छ, सरकारकै गतिविधिले हामीजस्ता युवाहरुलाई त्यतातिर जान बाध्य बनइरहेको छ । हाम्रो आस्था र विचार कहिल्यै मर्दैन । सहि बिचार बोकेर सामान्य मान्छेहरुको एकताले दुनियामा ठूलठूला क्रान्ति सम्भब भएका छन् । दश बर्षे जनयु’द्ध गर्दा पनि हजारौं मान्छेले सुरुवात गरेका थिए । तर, जनयुद्धले क्रमशः लाखौं जनताहरुलाई जोड्दै नेपालको राजतन्त्रलाई पराजित गर्यो । दुःखद् कुरा हो जनयु’द्धका नेतृत्व कमरेड प्रचण्ड–बाबुराम,बादलहरु प्रतिक्रियावादी सत्ताको दासी बन्न पुगे । र हिजो आफैले उठाएका कुरा उठाउँदा उल्टो अप’राधी देख्न थाले । यो अवस्थाले पनि नेपालमा क्रान्ति होइन प्रतिक्रा’न्ति भएको भन्ने पुष्टी गर्छ ।

राज्य कस्तो छ भनेर जेलमा गए थाहा पाइन्छ भन्ने सुनेको थिए, हो रैछ । अहिले मेरो देश र राज्यलाई बझ्दैछु, अध्ययन गर्दैछु । मैले बाहिर हुँदा त यति क्रान्तिको आवश्यकता महशुस भएको थिएन तर यहाँ आएपछि नेपालमा क्रा’न्ति अनिवार्य नै छ भन्ने महशुस भएको छ । मलाई जति दिन जेलमा राखेपनि मेरो विचार र आस्था म’र्ने छैन । यहाँको अवस्था देखेर झनझन मन दरो भएको छ । सरकारलाई लागिरहेको होला, खुला आकाशमुनी नैर्सगिक अधिकार प्रयोग गर्न नदिएपछि थाक्छ होला, ठूलाठूला आरोप लगाएपछि आत्म’समर्पण गर्छ होला तर त्यो सम्भव छैन । मैले यहाँका अरु कैदीहरुको जीवन पनि पढ्ने अबसर पाएको छु र राज्य, सरकारलाई बुझ्ने अबसर पनि पाएको छु । मेरो मनभित्र झन् राज्यप्रति घृ’णा पैदा भइरहेको छ । यो घृणा क्रान्तिकारी विचारमा परिणत हुनेछ र म झन् स्पातिलो भएर निस्किनेछु ।

विश्वास पनि छ, मजस्ता हजारौं युवाहरुलाई देश, जनता र आफ्नै अविश्यको चिन्ता छ । जसलाई जेलनेल, झुटा मु’द्धा र यात’ना सामान्य भएर जानेछन् । अहिले म थकित भएको छु तर यस्ता यतना क्रान्तिकारी विचार विकासमा सहयोग हुनेछ । मेरो मनभित्र पैदा भएको विचार र आस्था कसैले रोकेर रोकिनेवाला छैन ।

म जस्ता भरखरका युवाहरुलाई जेलमा राखेर आफ्ना शासन टिकाउन सोँच्नु.केही समयको लागि आत्मारति मात्रै हो । एकदिन मजस्तै हजारौं र लाखौं विद्यार्थीहरुले देशको रक्षाको लागि आवाज उठाउनेछन् । कतिलाई जेलमा राख्न सक्छौं र ? हामीलाई दिइएको यातना हाम्रो विचारको अगाडि सामान्य कुरा हो । सरकारका यस्ता कार्यहरु वैज्ञानिक समाजवाद हुँदै साम्यावाद पुग्ने यात्रामा सहयोगी नै बन्नेछन् ।

जुन उद्देश्यले मलाई बालसुधार गृहमा ल्याइएको छ, त्यो सम्भव छैन । नेपालीभूमी हडप्न खोज्ने भारतीय शासकविरुद्ध नारा लगाउँदा राज्यद्रोह देख्नेहरु सुधार हुन आवश्यक छ । जति वर्ष राखेपनि सरकारले चाहे जस्तो सुधार होइन बरु आफैलाई थप सुदृढ गरेर निस्किनेछु ।

नोट : लेख पुरानो हो २०७६ सालको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page