नेपालगञ्ज, बाँके — आसन्न फाल्गुन २१ गते हुन गइरहेको संघीय निर्वाचनका लागि युवा व्यवसायी टंक बहादुर धामीलाई बाँके निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टीको
तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत संघीय प्रतिनिधि सभा सदस्य (संघीय माननीय) पदका लागि सिफारिस गरिएको छ।
पार्टी स्रोतका अनुसार संगठनप्रति प्रतिबद्धता, व्यवसायिक इमान्दारिता तथा सामाजिक क्षेत्रमा गरेको योगदानको मूल्यांकन गर्दै धामीलाई उम्मेदवारका रूपमा अघि सारिएको हो। स्थानीय तहदेखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएका धामी युवामाझ लोकप्रिय नेताका रूपमा चिनिँदै आएका छन्।
सिफारिसपछि प्रतिक्रिया दिँदै धामीले जनताको हक–अधिकार, रोजगारी सिर्जना, विकास र सुशासनलाई आफ्नो मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरे। “जनताको विश्वासलाई इमान्दारिताका साथ पूरा गर्दै बाँके–२ को समग्र विकासका लागि काम गर्नेछु,” उनले भने।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page