काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवारीमा रहेकी नेतृ रत्ना थापा धामी ले पार्टीको आधिकारिक अनलाइन भोटिङ प्रणालीमार्फत आफ्नो अमूल्य मत दिन सम्पूर्ण पार्टी सदस्य तथा समर्थकहरूलाई अपिल गरेकी छन्।
देशमा व्याप्त भ्रष्टाचार, बेथिति र दलाल प्रवृत्तिका विरुद्ध संघर्षरत रास्वपा लाई संस्थागत रूपमा बलियो बनाउन अनलाइन भोटिङ नै निर्णायक आधार बन्ने उल्लेख गर्दै थापा धामीले परिवर्तनको लडाइँमा निष्क्रिय नबस्न आह्वान गरेकी छन्।
उनले भनिन्,
“राजनीतिमा इमानदार, संघर्षशील र जनमुखी नेतृत्व स्थापित गर्न अब बहानाको समय छैन। पार्टीभित्रैबाट सही प्रतिनिधि छान्ने यो अवसरलाई गम्भीर रूपमा प्रयोग गरौं।”
थापा धामीले महिला, दलित, उत्पीडित र आवाजविहीन वर्गको प्रतिनिधित्व संसदसम्म पुर्‍याउने आफ्नो अडान दोहोर्याउँदै रास्वपाको मूल मर्म — सुशासन, जवाफदेहिता र नागरिक सर्वोच्चता — लाई संसदमा बलियोसँग उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
रास्वपाले समानुपातिकका लागि पौष १२/ १३ गते सञ्चालन गरेको डिजिटल लोकतान्त्रिक अभ्यास लाई सफल बनाउन सबै सदस्य तथा सुभचिन्तक ,समर्थ हरुले RSP APP मार्फत अनलाइन भोट गरिदिन सबैलाई आग्रह गरेकी छन्।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page