काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सुदूरपश्चिम प्रदेशका लागि प्रारम्भिक उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीमा अछाम जिल्लाकी रत्ना थापा (धामी)को नाम पनि समावेश गरिएको छ।
बिज्ञापन
पार्टीको सुदूरपश्चिम प्रदेश समितिले समावेशी प्रतिनिधित्व, इमानदार राजनीति र जनमुखी कार्यदिशालाई प्राथमिकता दिँदै उम्मेदवार सिफारिस गरिएको जनाएको छ। रत्ना थापा (धामी) लामो समयदेखि शैक्षिक पेसामा आबद्ध हुनुहुन्थ्यो ।
बिज्ञापन
राजनीतिमा नयाँ अभ्यास र पारदर्शिताको एजेन्डा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सिफारिस भएपछि स्थानीय स्तरमा रत्ना थापा (धामी)प्रति चासो बढेको छ।














