जनकपुर । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले जनकपुरधामस्थित निर्माणाधिन श्री राम जानकी बहुउद्येश्यि अन्तराष्ट्रिय रंगशाला मैदानको निरीक्षण गरेका छन् ।
शुक्रबार विहान मन्त्री गुप्ताले रंगशालाको निरीक्षण गर्नुका साथै मधेश प्रदेशका खेलकुद मन्त्रालयका पदाधिकारी र खेलकुद परिषदका सदस्यहरुसंग रंगशाला निर्माण बारे जानकारी लिएका छन् ।

बिज्ञापन

निरीक्षण पश्चात खेलकुद मन्त्री गुप्ताले ११ औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमै हुने भनिएकोले सो अनुसारको भौतिक संरचना निर्माण सम्पन्न हुन आवश्यक रहेको बताए । उनले अहिले केही समय बाँकी रहेकोले भौतिक संरचना निर्माणको कार्य पूरा गर्न आवश्यक कदम चाल्ने बताए ।

बिज्ञापन

रंगशालाको कागजी कामहरु सम्पन्न भइसहेर केन्द्रको अर्थ मन्त्रालयमा धेरै दिन देखि अल्झेको अवस्थामा रहेको उनले आफूले जानकारी प्राप्त भएको बताए । मन्त्री गुप्ताले काठमान्डु पुगेर अगाडिको प्रक्रिया बढाउन निर्देशन दिने बताए । उनले ११ औं राष्ट्रिय खेलकुदका लागि जनकपुरधाम र नारायणी मात्र विकल्प रहेकोले जनकपुरको रंगशाला निर्माण हुनु आवश्यक रहेको बताए ।
मन्त्री गुप्ता आजै सिरहा र धनुषा जोड्ने कमला पुलको निरीक्षण् गर्न जान लागेका छन् ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page