काठमाडौं, कात्तिक २८ —रास्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघले आज स्वास्थ्य मन्त्री डा. सुधा शर्मालाई निजी अस्पताल र मेडिकल कलेजहरूमा बढ्दै गएको बेथिति तथा अनियमितता सम्बन्धी जानकारी सहितको ग्यापन पत्र बुझाएको छ।

बिज्ञापन

संघका प्रतिनिधिहरूले स्वास्थ्य सेवा महङ्गो, मनपरी शुल्क असुल्ने, प्रशिक्षित जनशक्ति अभाव र निजी संस्थामा हुने श्रमिक शोषणलगायतका समस्याबारे मन्त्री शर्माको ध्यानाकर्षण गराएका छन्।

बिज्ञापन

ग्यापन पत्रमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन कडा नियमन, स्वास्थ्यकर्मीको सुरक्षा, उचित तलब–सुविधा, र निजी अस्पतालहरूमा पारदर्शिता सुनिश्चित गर्न माग गरिएको छ।
स्वास्थ्य मंत्री माननीय सुधा सर्मालाई देश भरी संचालित अस्पतालहरुले गरेको श्रम शोषण , ठेक्का प्रथा, करार र ज्यालादारी समस्याको समाधानकोलागि ज्ञापनपत्रमा सुझाब उल्लेख गरिएको छ। त्यस अवसरमा माननीय मंत्रीबाट ठेक्का प्रथा रोक्न सुचना निकाल्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

मन्त्री शर्माले संघका मागहरूलाई गम्भीरतापूर्वक लिने बताउँदै मन्त्रालयले आवश्यक नीतिगत सुधारका पहल गर्ने र तत्कालै ठेक्का दिएका अस्पताल हरुमा अस्पतलले नै ब्याबस्था गर्ने गरि सुचना निकाल्ने आश्वासन दिनु भयो।

बिज्ञापन

ग्यापन बुझाउने क्रममा संघका सह अध्यक्ष दिनेश पोख्रेल ,युथ कमिटिका अध्यक्ष कर्ण बिस्वकर्मा, कोषाध्यक्ष तेज कडायत र सदस्य नेत्र कुसुहवा लगायतका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page