काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिंन्हाले जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरु नियोजित प्रकृतिका भएको बताएका छन् ।

बिज्ञापन

शुक्रबार राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिंन्हाले भदौ २३ र २४ गतेका घटनामा नहुनुपर्ने धेरै घटना घटेको उल्लेख गरे ।
उनले भने, ‘सुरक्षा गर्नमा धेरै समस्याहरू छन् । जेनजी आन्दोलनमा धेरै हतियारहरू लुटिएका छन्, जेलबाट कैदीहरू भागेका छन् । जनताले अलिकति असुरक्षित महसुस गर्नु स्वाभाविक हो ।’

बिज्ञापन

मन्त्री सिन्हाले चुनौतीपूर्ण अवस्थामाझ पनि हतियारसहितका अभियुक्तहरू दैनिक रूपमा पक्राउ भइरहेको बताए । उनले थपे, ‘सुरक्षाकर्मीहरूले भागेका कैदी र भदौ २४ गतेको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्दै राम्रो अनुसन्धानको नमूना प्रस्तुत गरेका छन् ।’
उनले जेनजी आन्दोलनका क्रममा भएका घटनामाथि अहिले व्यापक अनुसन्धान भइरहेको बताए । यसै बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभा सञ्चालनका क्रममा देखिएका कानूनी जटिलता र अस्पष्टताबारे ध्यानाकर्षण गराए ।
अध्यक्ष दाहालले भने, ‘राष्ट्रिय सभा सञ्चालनका लागि केही कानूनी जटिलता देखिएका छन् । मन्त्री स्वयं कानूनमन्त्री भएकाले र महासचिव पनि त्यस्ता विषयमा जानकार भएकाले यी असहजता र अस्पष्टताहरू सरकारले गम्भीरताका साथ समाधान गर्नेछ भन्ने अपेक्षा छ ।’
उनले राष्ट्रिय सभाले सरकारका अप्ठ्याराहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै बैठक सञ्चालनका लागि आवश्यक पूर्वाधारमा सरकारले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘राष्ट्रिय सभा यो सरकारको कतिपय अप्ठ्याराहरुलाई सहजीकरण गर्नको निम्ति महत्वपूर्ण भूमिका खेल्न सक्ने थलो भएकाले यसको बैठक बोलाउनका निम्ति यसलाई चाहिने आवश्यक पूर्वाधारहरु सरकारले गम्भिरता साथ ध्यान दियोस् ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page