नेकपा बहुमट निकट अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले बुधबार साँझ डिल्लिबजारदेखि सिंहदरबारतर्फ जाने बाटोमा पुत्ला दहन गरेका हुन् । पूर्व घोषित चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत बुधबार पुत्ला दहन गरिएको संगठनका सचिव डीबी शाहीले जानकारी दिए ।

बिज्ञापन

उनका अनुसार, साउन २ गते देशभर शैक्षिक हड्ताल घोषणा भइसकेको छ ।सोही हड्ताल सफल पार्नेगरी बुधबार पुत्ला दहन र राजीनामा माग गरिएको उनले अनलाइनखबरलाई बताए ।

बिज्ञापन

संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भएको, शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण गरिएको लगायतका आरोप लगाउँदै उनीहरूले मसाल जुलस गरेका हुन् ।

राज्यद्वारा जनपक्षीय शिक्षा ऐन तर्फ अग्रसर नभई उल्टै शिक्षालाई व्यापारिक लाभको स्रोत बनाउने प्रयास भएको भन्दै त्यसको विरोधमा पुत्ला दहन गरिएको विद्यार्थीहरूले बताएका छन् ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page