काठमाडौँ, २१ असारः एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलको पहिलो हाफमा नेपाल उज्वेकिस्तानसँग पछाडी परेको छ । उज्वेकिस्तानमा जारी खेलको पहिलो हाफमा नेपाल उज्वेकिस्तानसँग ३–१ गोलले पछाडी परेको हो ।

बिज्ञापन

उज्वेकिस्तानको जितमा खाबीबुलेएभा र मातफुना सोयीमोभाले एक एक गोल गरे भने नेपालकी समिक्षा घिमिरेले एउटा आत्मघाती गोल गर्न पुगेकी थिइन् । नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले एक गोल गरिन् । खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो । उसका लागि खाबीबुलेएभाले गोल गरिन् ।

बिज्ञापन

खेलको १२औँ मिनेटमा नेपालका तर्फबाट आत्मघती गोल हुन पुग्यो । उज्वेकिस्तानकी कप्तान लिउडमिला कराचिकको क्रस गोल लाइन नजिकै रहेकी नेपालकी समिक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत भयो ।

यस्तै खेलको २४औँ मिनेटमा नेपालका लागि कप्तान साम्बाले गोल गरिन् । खेलको ३७औँ मिनेटमा सरस्वती हमालको ह्यान्ड भएपछि उज्वेकिस्तानले पेनाल्टीको अवसर पायो । पेनाल्टीमा मातफुना सोयीमोभाले गोल गरिन् ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page