काठमाडौँ, २१ असार : काठमाडौँको बागबजारमा रहेको सहिद शुक्र माध्यमिक विद्यालयको कला विभागले आज यहाँ कला शिक्षकलाई सम्मान गरेको छ ।

बिज्ञापन

यहाँ आयोजित कला कार्यशाला तथा कला प्रदर्शनीका अवसरमा २५ जनालाई सम्मान गरिएको हो । सम्मान हुनेमा कला शिक्षकहरू राजु पिठाकोटे, आर्या राजभण्डारी, सुमन श्रेष्ठ, ज्योति खड्का, सजनी श्रेष्ठ, चाँदनी बज्राचार्य, सुरेम देशार, सञ्जय प्रधान, लक्ष्मी मास्के (पुनम), सविता चित्रकार, प्रकाश मिजार रहेका छन् । यस्तै, मलिका उदास, सरला श्रेष्ठ, किशोर रानाभाट, रेनुका महर्जन, मोहन सिवाकोटी, शुवाष क्षितिज श्रेष्ठ, दीपक कुवँर, रामकृष्ण महर्जन, जुनु माली, विपना महर्जन, मनरा प्रजापति, आनन्द श्रेष्ठ, डिबी राई र रतिना बज्राचार्यलाई पनि सम्मान गरिएको छ ।

बिज्ञापन

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यहाँ आयोजित प्रदर्शनीको अवलोकनपश्चात् आयोजित सम्मान कार्यक्रममा कलाको जरो विद्यालयको कला शिक्षामा रहेको भन्दै बताउँदै यस्ता कार्यले कला शिक्षकहरूमा हौसला प्रदान हुने बताउनुभयो ।

उहाँले समाज र शिक्षाको मेरुडण्ड कला रहेको बताउँदै आउँदा दिनमा कला शिक्षकका लागि प्रज्ञा प्रतिष्ठानले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो । कार्यशालासमेत आयोजना गरिँदा यसले कलाका विद्यार्थी र शिक्षकबीच प्रायोगिक रूपमा कलाको पुस्तान्तरण हुन सहयोग पुग्ने कुलपति हार्तम्छालीको भनाइ थियो ।

बिज्ञापन

प्रतिष्ठानकी प्राज्ञपरिषद् सदस्य शौरगङ्गा दर्शनधारीले कला शिक्षकका लागि पहिलो पटक यसरी सम्मान गरेकामा खुसी व्यक्त गर्दै कलाकार जन्माउने शिक्षकको सम्मान कला प्रतिको सम्मान हो भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश ढुङ्गेलले व्यवस्थापन समितिको जिम्मेवारी सम्हालेदेखि नै आफू विद्यालयको भौतिक र शैक्षिक वातावरण सुधारमा लागेको बताउनुभयो । उहाँले कला कार्यशालाले कला शिक्षकहरूलाई विद्यार्थी र आमजनतासँग जोड्ने सेतुको काम गरेको धारणा राख्नुभयो ।

कार्यक्रममा प्राध्यापक राधेश्याम मुल्मी, नेपाल व्यावसायिक कलाकार सङ्घका अध्यक्ष प्रेमलाल श्रेष्ठ, विद्यालयका प्राचार्य शैलीसिंह राठौरलगायत सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम संयोजक केशवराज खनालले ढुङ्गा कुँदेर हिरा निकाल्ने कला शिक्षकप्रति कसैले चासो नराखेकाले यो सम्मान कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

आजै विद्यालय प्राङ्गणमा कला कार्यशाला र प्रदर्शनीको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page