जनकपुर,१७ असारः पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा विचलन आएका कारण नेतृत्वप्रति जनआक्रोश र निराशा भए पनि वर्तमान व्यवस्थाप्रतिको समर्थन नघटेको बताउनुभएको छ ।

बिज्ञापन

पार्टीको धनुषा जिल्ला कमिटीको सातौँ अधिवेशन उद्घाटन समारोहमा आज यहाँ उहाँले जनआक्रोस र निराशा चिर्न सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनुभयो ।

बिज्ञापन

अध्यक्ष नेपालले राजनीतिमा प्रतिक्रियावादी एवं पुँजीवादी चिन्तनका कारणले सिङ्गो कम्युनिष्ट पार्टी नै बदनाम हुन थालेको भन्दै सचेत हुनुपर्ने धारणा राख्नुभयो । उहाँले पतञ्जलि जग्गा प्रकरणबारे आफू ‘नबिराउनु, नडराउनु’ भन्ने पक्षमा रहेको उल्लेख गर्नुभयो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page