दाङ–रोल्पा सडक खण्ड अन्तर्गत विजौरी–होलेरी सडक खण्डबीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्षातमा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको ब्यापारिक थलो भनेकै दाङको विजौरी हो । त्यति मात्रै होइन्, विरामी पर्दा, उच्च शिक्षाकालागि विद्यार्थी पनि त्यही बाटो आउनु पर्छ । तर, त्यो ग्वारखोलामा मोटरेवल पुल नहुँदा बर्षादमा आवतजावतमा निकै समस्या पर्ने गर्छ, भने बर्षेनी मानिश पनि बगाउने गर्छ । त्यो सडकबीचको ग्वारखोलामा पुल निर्माणकालागि मात्रै चालु बर्षमा एक करोड ३० लाख बजेट परेको थियो । तर, त्यो बजेट अनुसार पनि काम हुन सकेन । त्यहाँको बजेट अन्तै गयो ।

बिज्ञापन

२०७० सालमा त्यो सडकको ट्रयाक खोलिएको भएपनि १२ बर्षसम्म पनि पुल नबनेपछि स्थानीय आफैले अहिले पुल निर्माण थालेका छन् । स्थानीय सबैले श्रमदान गरेर मोटरसाईकल हिड्न सक्ने गरि पुल निर्माण सुरु गरिएको स्थानीय प्रशान्त पुनले बताउनुभयो ।

बिज्ञापन

सिमेन्ट र सरिया सहयोग मागेर पुलको श्रमदान आफै गर्न लागेको स्थानीय लालबहादुर पुनले बताउनुभयो । स्थानीयले श्रमदान गरेपनि मिस्त्रीलाई भने ज्याला दिएरै ल्याउनु पर्ने अबस्था रहेको उहाँको भनाई छ ।
सरकारले बाटो बनाएपनि पुल नबनाउँदा यसरी सास्ती खेप्नु परेको उहाँको गुनासो छ । पुल नबन्दा ६ उक्त सडक सूचारु हुने र ६ महिना ठप्प हुने अबस्था आएको उहाँे बताउनुभयो ।
बाइट

रुकुमको चुनबाङसम्म समेत जोड्ने उक्त सडकको स्तरबृद्धिकालागि पटक–पटक सम्बन्धित निकायमा गएको भएपनि सुनुवाई नभएको दाङ स्थित विजौरी उद्योग बाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काले बताउनुभया । यदि सोही खोलामा सडक बनेमा त्यहाँ उत्पादन भएको तरकारी पनि सहजै विजौरी बजारमा लैजान सकिने समेत बताउनुभयो । उक्त सडक विस्तार भएमा ब्यापरिक हिसाबले पनि फाईदा पुग्ने उहाँको भनाई छ । सोही सडकमा पुल निर्माणकालागि पहललाई निरन्तरता दिने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

बिज्ञापन

विजौरीदेखि होलरीसम्म २९ किलोमिटर छ । त्यो मध्ये होलेरीदेखिको क्षेत्रमा ५ किलोमिटर र विजौरीदेखि ९ किलोमिटर सडक कालोपत्रे समेत भइसकेको छ । बाँकी १५ किलोमिटर सडक स्तरबृद्धि हुन नसक्दा आवतजावतमा निकै समस्या हुने गरेको रुन्टीगढी गाउँपालिका वडा नंं.८ का वडाध्यक्ष तुलसी पुन मगरले बताउनुभयो ।“बीचमा बाटो स्तरबृद्धि छैन, ग्वारखोलामा पनि पुल छैन”,उहाँले भन्नुभयो“त्यसले गर्दा आवतजावतमा निकै कठीनाई हुने गरेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
दीपक बोहरा
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page