काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौं जिल्ला समितिले नेपाल विद्युत प्राधिकरणलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको छ। पार्टीका जिल्ला सेक्रेटरी दर्शन कुमार नेपाली को हस्ताक्षर ज्ञापनपत्र कार्यालय, पुगेर उक्त ज्ञापनपत्र बुझाइएको हो। विद्धुत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य लाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा लेखियकाे छ हाल मुलुक गम्भीर राजनीतिक अस्थिरता र जनताको आधारभूत आवश्यकता– स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, खानेपानी लगायतका क्षेत्रमा चरम अभावको अवस्था रहेको उल्लेख गरिएको छ। यस्तो परिस्थितिमा विद्युत प्राधिकरणसँग सम्बन्धित नीति, नियम र कार्यशैलीले आम जनतामाथि थप भार थोपरेको पार्टीको ठहर छ।

बिज्ञापन

अत्याधिक राजनीतिकरण र विचौलियाले प्राधिकरणलाई तहसनहस पारिरहेका छन् । आज प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला सेक्रेटरी सचिव दर्शन नेपालीका भने “नेपालको उर्जा क्षेत्र विचौलियाहरुको प्रभावबाट संचालित छ, पछिल्लो समय अघोषित लोडसेडिङको जुन वातावरण बनिरहेको छ । त्यसले विचौलियाको पहुँच र प्रभावलाई पुष्टि गर्दछ ।” त्यस्तै ज्ञापनपत्र बुझाउन पुगेका जिल्ला इन्चार्ज सागर लिम्बुले थप्दै भने ” केहि दलाल र विचौलियाहरुले जनतामाथी अन्धकार थोपर्ने प्रयास गरिरहेका छन्, तर हाम्रो पार्टी नेकपा (बहुमत) ले उनीहरुको त्यस्तो षड्यन्त्र सफल हुन दिने छैन र त्यसको पूर्ण प्रतिरोध गर्नेछ ।”
जनतामा लोडसेडिङ हटाएको छबि बनाएका कुलमान घिसिङको कार्यकाल छोटो समय बाँकी छदै सरकाले हितेन्द्रदेव शाक्य नियुक्त गरेसंगै विद्धुत अवरुद्ध हुने क्रम बढिरहेको परिवेशमा बहुमतको काठमाडौं जिल्ला समितिले प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको छ ।

बिज्ञापन

ज्ञापनपत्र

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page