काठमाडौं नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) मधेश प्रदेश समितिले सिटिइभिटीका सहायक निर्देशक गोविन्द पौडेलमाथि नक्कली सर्टिफिकेट बिक्री गरेको आरोप लगाउँदै आइतबार जनकपुरस्थित उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको छ। संगठनले यो कदम जनचेतावनी र सशक्त जनकारबाहीको गरेको बतायको छ।
बिज्ञापन
पौडेलमाथि लगाइएको सात बुँदे आरोपमा भनिएको छ– उनले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा कार्यरत रहँदा फेल भएका विद्यार्थीलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभ उठाएको, प्रमाणपत्र वितरण प्रक्रियामा व्यापक घूस र कमिसनको चलखेल गरेको, कर्मचारी नियुक्तिमा पैसाको आधारमा निर्णय गरेको, र शैक्षिक माफियासँग साँठगाँठ गरी संस्था निजी स्वार्थको उपकरणमा रूपान्तरण गरेको आरोपहरू छन्।
बिज्ञापन
अखिल (क्रान्तिकारी) ले पौडेलको तत्काल निलम्बन र कानुनी कारबाहीको माग गर्दै चेतावनी दिएको छ– “यदि भ्रष्टाचारको ढाकछोप गरियो वा प्रशासनिक बचाउ गरियो भने, संगठन अझ कडा कदम चाल्न बाध्य हुनेछ।”
यो कुनै एकपटकको घटना होइन। संगठनले केही समयअगाडि परिषद्का उपाध्यक्ष खगेन्द्र अधिकारीमाथि पनि यस्तै जनकारबाही गरेको थियो।
बिज्ञापन
‘सिटिइभिटी शुद्धिकरण अभियान’ अन्तर्गत अखिल (क्रान्तिकारी) ले परिषद्भित्र रहेका सबै माफिया, बिचौलिया, भ्रष्ट कर्मचारीहरूलाई चिन्हित गर्दै चरणबद्ध कारबाहीलाई सशक्त ढंगले अगाडि बढाउने घोषणा समेत गरेको छ।














