बेलायतामा औद्योगिक क्रान्तिभएर सारा युरोप र अमेरिकामा फैलिएको थियो यता नेपालको राजदरबारमा भने अनेकौ षड्यन्त्र , गुटबन्दी र अस्थिरताको चक्र चलिरहेको थियो । सँधै जसो षड्यन्त्र र अस्थिरता भईरहने दरबारमाघटेको घटनाले नेपालको इतिहासको पांग्रालाई नै मोडिदियो । वि.स. १९०३ भाद्र ३१ गतेको दिन अरुदिनजस्तै सामान्य दिन बनेन । यो दिनमा जंगबहादुर राणाले कोतपर्व जस्तो हत्याकाण्ड मच्चाएर नेपालको शासनसत्ता हातमा लिए र नेपालको प्रधानमन्त्री बने । जंगबहादुर प्रधानमन्त्रीमात्रै बनेन श्री ३ उपाधिसमेत धारण गरे र नेपालमा जहाँनिया राणाशासनको सुरुवात गरे । राणा शासनले १०४ वर्षसम्म राजाहरूलाई खोपिका देउतामा सिमित गरिदियो ।
२००७ सलामा नेपालमा प्रजातन्त्रको स्थापना भएपछि १०४ वर्ष जहानियाँ राणाहरूको पिजँडमा कैद रहेको नेपालको राजतन्त्र पनि स्वतन्त्र भयो । सुगाजस्तै राणाको नजरबन्दमा रहेको राजतन्त्रले स्वतन्त्रता पायो । जब स्वतन्त्रता पाएको राजतन्त्रले आफ्नो पिजँडा विर्सियो । त्यसले आफैलाई स्वतन्त्र बनाएको प्रजातन्त्रमाथी फणाँ फिजाउन थाल्यो । आफ्ना बुबा त्रिभुवनको निधनपछी राजा भएका महेन्द्रलाई राजतन्त्रको झण्डै एकसताब्दी लामो पिजडाको बसाई बिर्सिन एकदशक पनि लागेन । उनले स्वएच्छाचारी ढंगले शासन संचालन गर्न थाले । उनले २०१७ पौष १ गते जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरि जेलमा पुर्याए भने नेपालमा निर्दलिय पञ्चायती व्यवस्था लादे । महेन्द्रले फौजीकाण्ड घटाएर कयौंलाई जेल र मृत्युदण्ड समेत दिए । राजनितीक पार्टीहरूमाथी प्रतिबन्ध लगाए । राजाले पार्टीमात्रै नभएर २००४ सालदेखी संगठित गतिविधि गर्दै आएको विद्यार्थी संगठनमाथी पनि प्रतिबन्ध लगाए । राजा महेन्द्रले पञ्चायती व्यवस्थालाई टिकाउनका लागि व्यवस्था विरूधीहरूलाई तहलगाउन र नियन्त्रण गर्नका लागि काला कानुनहरूको निर्माण गर्न थाले । त्यसैको एक उदाहरण थियो ” राष्ट्रिय निर्देशन ऐन” । यो नियम अनुसार पञ्चायती व्यवस्थाको विरोध नगर्ने , भक्तिभाव र घुणगान गएर पुच्छर बनाउन चाहन्थे राजा महेन्द्र ।
बिज्ञापन
स्वतन्त्र ढंगले कुनैपनि संघ संगठन खोल्न नपाउने जे गरेपनी महाराजको मर्जी र अनुकम्पामा मात्रै गर्ने । साथै खोल्न तोकिएका संघ /संगठनको पदमा व्यक्ती तोक्ने देखि विधिविधान निर्माण गरिदिने विधाताको रूपमा महाराज र उनको निरंकुश पञ्चायती व्यवस्थालाई मान्नुपर्ने अवस्था थियो ।
संसारका तनाशाहाहरूलाई सबक सिकाउने उतिहास भएका विद्यार्थीहरूले यो सवै हेरेर बस्न सक्ने कुरै भएन । विद्यार्थीहरूले “राष्ट्रिय निर्देशन ऐन” को विरोध गरे । उनिहरूले राष्ट्रिय निर्देशन ऐन खारेज गरिनुपर्ने र विद्यार्थी संगठन खोल्न पाउनुपर्ने माग राखेर संघर्षलाई अगाडी बढाए । यसैक्रममा विद्यार्थीहरूले विद्यार्थी एकता सहितको शक्तिशाली संगठनको आवश्यकता बोध गर्न थाले ।
विद्यार्थीहरूको सगठन खोल्ने मागलाई समाप्त पार्न तथाकथित “नेपाल विद्यार्थी संघ” नामको पञ्चायतीको कठपुतली संगठनको डमी तयार गरियो । यसका विरुद्ध गर्न १०१९ को वैशाखमा राजधानीका ३३ हाईस्कुलका सभापतिहरू जुद्धोदयमा भेलाभएर त्यो कठपुतली संगठनको खारेजी , गिरफ्तार गरिएका विद्यार्थीहरूको रिहाई , स्वतन्त्र संगठन खोल्न पाउनुपर्ने माग अगाडी सारे । यो त्यतिवेलाका विद्यार्थीहरूले देखाएको असाधारण र क्रान्तिकारी कदम थियो । विद्यार्थीहरूले विभिन्न मागहरूराखेर संघर्षलाई जारी राखे । उनिहरूले त्रिचन्द्र कलेजमा अन्तरकलेज सम्मेलनको आयोजना गरे । तर सरकारभने विद्यार्थीहरूमाथी चरम दमन गरिरहेको थियो । दमन र धडपकडका बाबजुद वि.स. २०२१ वैशाख २५ -२९ सम्म अन्तरकलेज सम्मेलन सम्पन्न गरे । त्यस सम्मेलनबाट उनिहरूले स्वतन्त्रता विद्यार्थी युनियनलाई सरकारले मान्यता दिनुपर्ने , गाउको विकासमा मद्दत गर्नुपर्ने , गोरखा भर्तिकेन्द्र बन्द गरिनुपर्ने , यतायामा विद्यार्थीलाई ५० प्रतिसत छुट दिनुपर्ने लगायतका माग सरकारका अगाडि प्रस्तुत गरे ।
विद्यार्थीहरूका जायज माग सुन्नु त कताहोकता सम्मेलन सकिएकै राती पञ्चायतका बफादार सदस्य डा. तुलसी गिरीको निर्देशनमा विद्यार्थीहरूका घर र कोठामा प्रहरीलाइ छापा मार्न लगाएर विद्यार्थीहरूले सम्मेलनमा पारित गरेको निर्णय पुस्तिका जफत गरि विद्यार्थी नेताहरूलाई कायरतापुर्वक गिरफ्तार गर्यो । वैशाख ३० गते विद्यार्थीहरूले एक प्रतिनिधिमण्डल बनाएर सरकार समक्ष गएर आफ्ना गिरफ्तार गरिएका विद्यार्थीहरूको रिहाईको माग गरे । तत्कालीन निरंकुश महेन्द्र सरकारले विद्यार्थीका मागहरूको वास्ता गरेन । फासिवादी सत्ताले ती विद्यार्थीहरूको तागतलाई सामान्य नजर आन्दाज गर्यो ।
सरकरले विद्यार्थीहरूमाथी देखाएको फासीवादी कदमबाट विद्यार्थीहरू निरास भएनन , उनिहरूले हरेस खाएन बरु शासहका साथ प्रतिरोध गर्ने निर्णयमा पुगे । जेठ १ गते उनिहरूले घण्टाघर स्थित त्रि-चन्द्र कलेजमा वैठकको आयोजना गरे । विद्यार्थीहरू वैठक लगतै हजारौंको संख्यामा त्रि-चन्द्रकलेजमा भेला भए र विबाकारण गिरफ्तार गरि बन्दी बनाईएका आफ्ना विद्यार्थी साथिहरूको रिहाइको माग गर्दै विशाल मौन जुलुस अगाडि बढाए । फासिवादी पञ्चायती सरकारले विद्यार्थीहरूमो मौन जुलुसमाथी निकृष्टढगले दमन गर्यो । फासिस्ट सरकारले जुलुसमाथी व्यापक दमन गरि सयौंको सख्यामा विद्यार्थीहरूलाइ गर्यो भने कयौं विद्यार्थीहरूलाई घाइते बनायो । सरकारको दमनले विद्यार्थी गलेनन । सरकारको धरपकडका अगाडी विद्यार्थीहरूले हार मानेन । यसरी विद्यार्थीहरूलाई दमन र धरपकड गरेपछी सम्पुर्ण कलेजहरू बन्द भए । हाईस्कुलहरूमा हडताल सुरु भयो । १५ दिनसम्मा निरंकुश सरकार र विद्यार्थीहरूका विच संघर्ष चलेपछी अनन्त: सरकार विद्यार्थीहरूका अगाडि झुक्यो र गिरफ्तार गरिएका विद्यार्थीहरूलाई रिहा गर्न बाध्य भयो ।
बिज्ञापन
यसरी जेठ १ मा सुत्रपात भएको विशाल संघर्षले , विशाल सहभागिताले असाधारण सफलताले नवीन जोस , शाहा र हौसलाको रक्तसञ्चार गर्यो । यसैको उपलक्षमा जेठ १ लाई विद्यार्थी दिवसका रूपमा मनाउने निर्णय गरियो । जेठ १ लाई विरता , शाहस र एकताको प्रतिकरूपमा विद्यार्थी दिवसका रूपमा आजपनि हामीले मनाउदै आईरहेका छौँ ।
आज नेपालको विद्यार्थी आन्दोलन अभुतपुर्वबलिदान विरता र विजयका गौरवगाथाका किर्तिमानको रचना गर्दै आज ६१ औँ विद्यार्थी एकता दिवस मनाउँदै छ ।
नेपाली विद्यार्थीहरूको शक्ती प्रजातन्त्रका लागि निरंकुश जहाँनियाँ राणाशासनका विरूद्धको लडाईंमा , बहुदलीय प्रजातन्त्रका लागि निर्दलिय पञ्च्यायतका विरुद्धको लडाइँमा र संघिय लोकतान्त्रिक गणतन्त्रका लागि सामन्ती राजतन्त्रका विरुद्धको लडाईमा अजयेयशक्तीका रूपमा स्थापित गरेको छ । जनताको मुक्तिका खातिर देशको सामन्ती शासकवर्गसंग त कहिले विदेशी हस्तक्षेपका विरुद्धमा राष्टिय स्वाधिनताका लागि यो निरन्तर जानतासँग काधमा काँध मिलाएर संघर्ष गर्दै आईरहेको छ ।
बिज्ञापन
त्यसैले जेठ १ विद्यार्थी आन्दोलनका लागि निकै महत्त्वपूर्ण दिन त हुँदै हो । यो नेपालको राजनिती र अहिलेको नेपालका लागि पनि ऐतिहासिक दिन हो । जेठ १ ले निरतन्तरतामा ऐतिहासिक क्रमभंगता गरेको दिन हो ।
नेपालको विद्यार्थी आन्दोलन नेपालका राजनिती पार पार्टीहरूको जननी पनि हो । यस अर्थमा पनि यसको ऐतिहासिक महत्व रहेको छ ।
अनेकौं आरोह अबरोह पारगर्दै अगाडी बढेको विद्यार्थीआन्दोलन आज आफ्नै अस्थित्व रक्षाको लडाइँमा उभिएजस्तो भएको छ । समग्र आन्दोलनको माउका रूपमा रहेको विद्यार्थी आन्दोलन वर्तमान समयमा अनेकौं प्रश्नहरूको कठघरामा उभिएको छ ।
विगतमा विद्यार्थी संगठनको नेतृत्वमा रहेका विद्यार्थी नेताहरूल विद्यार्थी आन्दोल र विद्यार्थी संगठनको औचित्यमाथी प्रश्न उठाएका छन् । त्यति मात्रै होइन विद्यार्थी संगठनहरूलाई खारेज गर्ने कुरा पनि गरिरहेका छन् । स्वतन्त्र पार्टीबाट शिक्षामन्त्री बनेकी सुमना क्षेष्ठले त विद्यार्थी संगठनहरू खारेज गरिनुपर्ने र विश्वविद्यालयहरू विद्यार्थी विद्यार्थी संगठन मुक्त बनाउनुपर्ने धारणा सर्वजनिक मञ्छरूमा राख्दै आएकी छिन । त्रिभुवन विश्वविद्यालयका पुर्व उपकुलपतिले पनि विद्यार्थी संगठनहरूको आवश्यक नभएको तर्क गरेका थिए । उनको तर्क विश्वविद्यालयमा विद्यार्थी संगठन आवश्यक छैनन् भन्ने थियो ।
#के विद्यार्थी संगठनको औचित्य सकिएको हो ?
– विद्यार्थी शक्ति भनेको कुनैपनी देश या त्यो राज्यको भविष्य हो । । विद्यार्थी संगठन भनेको विद्यार्थीहरूका हक , हित र अधिकारका लागि लड्ने शक्ति मात्रै नभएर राज्यका सबै निकायका या भनौ समग्र देशका उत्तराधिकारी हो । परन्तु यो त्यस्तो शक्ति हो जसले राज्यसत्ताको प्रतिपक्षी भुमिका निर्वाह गर्दछ । शक्तिको मादले मात्तिएको राज्य र शासकले आँखा देख्न छडेभन यसले सहि मार्गमा ल्याउने ताकत राख्दछ । संसारका मै हुँ भन्ने तानाशाह र शासकहरूलाई विद्यार्थी शक्तिले सबक सिकाएको ईतिहास हाम्रा सामु छ । हाम्रै देशमा राणा , राजाहरूल्को निरंकुशताका बिरुद्ध आगो ओकलेको इतिहास हाम्रा अगाडि छ । त्यसैले यो विद्यार्थी संगठनको औचित्य सकिएको नभएर ठिक बिपरित यस्तो भन्नेहरूको भनाईमा औचित्यता नभएको प्रमाण हो । त्यसैले विद्यार्थी संगठन आवश्यक नहुने भन्ने हुँदैन तर तिनको भूँमीका कस्तो हुने भन्ने चाहिँ महत्त्वपूर्ण विषय हो ।
#विद्यार्थी संगठनमाथी प्रश्न उठ्ने कारणहरू
विशेषगरी प्रश्न क्रान्तिकारी विद्यार्थीहरूमाथी भन्दा पनि अहिलेको दलाल पुजीँवादी सत्ता र त्यसको व्यवस्था मान्ने विद्यार्थी संगठनमाथीको प्रश्न हो । दलाल संसदीय पार्टीहरूले तिनका विद्यार्थी संगठन र तिनका नेताहरूलाई हली बनाएर राखेका छन । विद्यार्थी संगठनलाई तिनका नेताहरूले कुनै निश्चित पार्टीको झोला बोक्ने भरिया बनाएर राखेका छन् । नेपालका पुँजीवादी पार्टीहरूले नेपालको शिक्षा प्रणालीलाई निजि व्यापार गर्ने र मुनाफा कमाउने साधान बनाएका छन् र उनका विद्यार्थी संगठनहरूलाई त्यसको साक्षी राखेका छन् ताकी तथाकथित विद्यार्थीहरूसंगठनहरूले आन्दोलनको नाटक मात्रै गरून् । संसदिय पार्टीहरूले एकातर्फ शिक्षामा नाङो व्यापार गरिरहेका छन् भने अर्कतर्फ तिनका विद्यार्थी संगठनहरूले त्यसको विरोध गरेजस्तो गरेर आम विद्यार्थीहरूको आँखामा छारो हाल्ने काम गरिरहेका छन् ।
सारमा ती विद्यार्थीसंगठनहरूलाई विद्यार्थीहरूका ऐजेण्डा र शैक्षिक रूपान्तरणका लागि नभएर पार्टीका दास बनाईएको छ । उनिहरूलाई संसदिय पार्टी र तिनका नेताहरूको सलामी, मलामी र गुलामी गर्ने बाध्यतामा पुर्याईएको छ । आफ्ना पार्टीको निर्देशन भन्दा तलमाथि जान उनिहरूका लागि संभव छैन । विद्यार्थी राजनिती दलाल पुँजीवादी पार्टीका मुठ्ठीभर विद्यार्थी नेताहरूले विद्यार्थीहरूका ऐजेण्डा छाडेर ठेक्कापट्टा गर्ने , घुण्डागर्दी गर्ने , कन्सल्ट्यान्सी /मेनपावर संचालन गरेर विद्यार्थी ठग्ने गर्नुका साथै शैक्षिक व्यापारलगायतका गतिविधिले नेपालका विद्यार्थी संगठन र आन्दोलनलाई बदनाम बनाएका छन् । त्यसैले विद्यार्थी संगठनमाथी प्रश्न उठेको छ भने आम विद्यार्थी र अभिभावकको भोरोसा टुटेको छ ।
#समस्याका रूपमा वर्तमान राज्यसत्ता
मार्क्सले -एङ्गेल्सले कम्युनिस्ट घोषणापत्रमा “आधुनिक राज्यसत्ता भनेको पुँजीपती वर्गको साझा स्वार्थको व्यवस्थापन गर्ने समिति” मात्रै हो भनेका छन् । मार्क्स -एङ्गेल्सले त्यतिबेलै राज्यसत्ताका बारेमा गरेको व्याख्या आजको दिनमा झनै वैज्ञानिक र यथार्थपरक छ । अमेरिकाको राज्य-सत्तालाई हेरियो भने त्यो व्यापारीद्वय डोनाल्ड ट्रम्प र एलनमस्कलगायतका व्यापारीहरूको व्यवस्थापन गर्ने सामान्य समिती जस्तो छ । त्यस्तै छिमेकी भारत गौतम आडानी , अम्बानी ग्रुपको व्यवस्थापन गर्ने समिती जस्तो छ । नेपाल झन यसबाट अछुतो रहने कुरै भएन । अहिलेको यो शासनसत्तापनि नेपालका धनकुबेरहरूको स्वार्थका लागि काम गरिरहेको छ । अझ अहिलेको राज्यसत्तामा त व्यापारीहरूले आफ्ना प्रतिनिधिनै पठाउँछन ।
त्यसैले शिक्षा , स्वास्थ्यलगायतका महत्वपूर्ण कुराहरू निजि व्यापारीहरूको हातमा थमाएर मुनाफाको बजारमा बिक्रीका लागि छाडिदिईएको छ । नेपालको शिक्षा र स्वास्थ्यमा चौधरी ग्रुपले व्यापार गरिरहेको छ भने अब भाटभटेनिमा अस्पताल संचालन गर्ने विषयले अहिले बजार तातिरहेको छ । देशमा विद्यमान समस्याहरू अहिलेको राज्यसत्ताका कारणले सिर्जित भएका छन् । अहिलेको राज्यसत्ता भनेको व्यापारीहरूको सेवा गर्ने साधन हो । यो व्यवस्थाले जनतालाई लुट्न छुट दिइरहेको हुन्छ र छ ।
त्यसैले नेपालको शिक्षा र स्वास्थलगायतका विद्यमान समस्याहरूको सहि समाधान गर्नका लागि यो दलाल पुँजीवादी राज्यसत्तालाई फालेर जनताको नयाँ वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु आवश्यक छ ।
अन्तमा: आज निरंकुश फासिवादी सामन्ती राजतन्त्र छैन। देशमा संघिय लोकतान्त्रिक गणतन्त्र छ । सामन्ती राजतन्त्रभन्दा लोकतन्त्रीक गणतन्त्र कयौँगुणा प्रगतिशील र सुन्दर छ परंतु सत्तामा बस्ने शासकको सोचमा परिवर्तन छैन । किनभने सामन्ती राजतन्त्रको ठाउँ दलालपुँजीवादी सत्ताले लिएको छ । गुणस्तरीय शिक्षा आजपनी केही मुठ्ठीभर मानिसको मात्रै पहुचमा । हुँदा खाने र हुनेखानेका लागि शिक्षा फरक छ । जनताका छोराछोरी स्कुल बाहिरै बस्नुपरेको छ भने गुणस्तरीय शिक्षा त टाढाको कुरा भयो । त्यसैले विद्यार्थीहरूका ऐजेण्डा पूरा भएका छैनन् । अझै पनि संघर्ष बाकीँ छ । नवराज सुवेदी जस्तै विद्यार्थी आन्दोलनमाथी कुठारात गर्न विद्यार्थी नेता र विद्यार्थी संगठन आजपनि छन् । त्यस्ता व्यक्तीहरूबाट विद्यार्थी आन्दोलनलाई बचाउँदै शक्तिसत्तासँग नझुकेर विजयमा पुर्याउने सन्देश दिएको छ । एकता भनेको असाधारण शक्तिशाली हुन्छ । जसको अगाडी तनाशाह पनि झुक्न बाध्य हुँदोरहेचन भन्ने पठ सिकाएको छ । त्यसैले जेठ १ ले धैर्यता , साहस र विरता प्रदर्शनग गरि आफ्नो देशको आमूल रूपान्तरका लागि हामी सम्पुर्ण विद्यार्थीहरूले एकपटक एकताबद्ध भएर निर्णायक संघर्ष गर्नुपर्ने कर्तव्यबोध गराएको छ ।
– लेखक उषाकिरण आजाद – महासचिव अखिल(क्रान्तिकारी) केन्द्रीय समिती














