माडी, चितवन — क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी कमिटि सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले नेत्रविक्रम चन्द ‘बिप्लव’को पार्टीको गम्भीर आलोचना गर्दै भनें, “विप्लवले एनसेल जस्ता दलाल पुँजीवादी संस्थासँग बार्गेनिङ गरेर करोडौं रुपैंया उठाएको थियो।”
बिज्ञापन
चितवन पुगेर स्वदेश एफ.एम.सँगको अन्तर्वातामा सुदर्शनले विप्लव नेतृत्वको नेकपालाई तीब्र आलोचना गर्दै भने, “विप्लवको पार्टीले अहिलेको राज्य व्यवस्थालाई जिउँदो राख्न खेतीपातीमा संलग्न भएको छ। यो सुधारवाद र ठगी हो।”
बिज्ञापन
सुदर्शनका अनुसार, “जब हामी एनसेल जस्ता दलाल पुँजीवादी संस्थासँग लडिरहेका थियौं, बिप्लवको समूह त्यहाँबाट बार्गेनिङ गरेर करोडौं रुपैंया ल्याएको थियो।” उनले थपे, “यो रकम कालो धन्दा लुकाउन प्रयोग गरिएको हो।”
सुदर्शनले बिप्लवको पार्टीलाई वैज्ञानिक समाजवादको मार्गमा नगई, दलाल संसदीय व्यवस्थामा थुनिएको बताएका छन्। उनले आरोप लगाए कि बिप्लवको समूह कपिलबस्तुमा कार्यालय र हस्पिटलको नाममा दरबार बनाउन र महल ठड्याउन लागेको छ।
बिज्ञापन
यसले बिप्लवको पार्टीको आगामी गतिविधिहरू र योजनाहरूलाई थप विवादास्पद बनाइरहेको छ।














