काठमाडौ/ अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी)ले शिक्षक आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकार षड्यन्त्रकारी, गैरजिम्मेवार र अमानवीय भएको आरोप लगाएको छ। सोमबार अध्यक्ष नरेन्द्र सी द्वारा हस्ताक्षरित एक प्रेसबिज्ञप्ति जारी गरी समाजवादीले केपी ओली नेतृत्वको सरकार शिक्षकका मागहरु सम्बोधन गर्ने र नेपालको विद्यालय शिक्षा प्रणालीलाई नयाँ बन्ने ऐन मार्फत अग्रगामी सुधार गर्ने विषयमा गैरजिम्मेवार भएको बताएको हो।
बिज्ञापन
बिज्ञप्तिमा सरकारले शिक्षकका मागहरु तत्काल सम्बोधन गर्नुको सट्टा शिक्षकहरु माथी बर्बर दमन गरेको, दमनवाट हिजो मात्रै ६२ जना शिक्षक, कर्मचारी र संचारकर्मी घाईते भएका छन । यस दमनको हामी घोर निन्दा एवं भ्रर्त्सना गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं´ भनिएको छ।
बिज्ञापन
त्यस्तै ७० लाख विद्यार्थीहरु र देशकै भविष्यसंग जोडिएको शिक्षा क्षेत्र अस्तव्यस्त बनेको, शैक्षिक सत्रको सुरुमै सरकारी / सामुदायिक विद्यालयमा अध्ययन गर्ने लाखौं वालवालिकाहरुको भर्ना र पठनपाठन अवरुद्ध भएको छ भने अर्कोतिर संस्थागत विद्यालयहरुले यहि समयमा चर्को शुल्कमा धमाधम विद्यार्थी भर्ना गरिरहेकाले विद्यार्थी र अभिभावकहरु पीडित हुनुका साथै दोधारमा परिरहेको बताइएको छ।
अखिल समाजवादीले आन्दोलनका मागहरु तत्काल पुरा गर्न एवं शैक्षिक सत्रका भर्ना र पठनपाठन प्रक्रिया तत्काल सुरु गर्नुपर्ने अन्यथा शिक्षक, विद्यार्थी र अभिभावकहरुको न्यायको निम्ति कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।
बिज्ञापन















