नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले शैक्षिक क्षेत्रमा अनुगमन सुरु गरेको छ। संगठनले बागमती प्रदेश संयोजक मिम एडीको नेतृत्वमा अनुगमन टोली गठन गरेको जनाएको छ।
बिज्ञापन

बिज्ञापन
शैक्षिक सत्र सुरु नहुँदै केही विद्यालयहरूले भर्ना प्रक्रिया अगाडि बढाइसकेका छन्। अहिलेको शैक्षिक सत्रमा अभिभावकहरूले व्यापक गुनासो गर्न थालेपछि अनुगमन सुरु गरिएको संयोजक एडीले जानकारी दिए। उनका अनुसार, “केही विद्यालयहरूले ‘सिट छैन’, ‘अहिले भर्नाको समय होइन, फागुनमा आउनु’ भन्ने जवाफ दिइरहेका थिए। यस्ता गुनासोहरू आएपछि हामीले अनुगमन सुरु गरेका हौं।”
अनुगमनको विषयवस्तुमा भर्ना प्रक्रिया, छात्रवृत्तिको वितरण, चर्को शुल्क, र विद्यालयले प्रदान गर्ने१०%छात्रवृत्तिलगायतका विषयहरू समेटिएको छ।
संयोजकका अनुसार, अनुगमन आजदेखि सुरु गरिएको हो। पहिलो दिन नक्सालस्थित बृस्पति विद्या सदन स्कुलबाट अनुगमनको सुरुवात गरिएको छ।
बिज्ञापन














