क्रान्तिकारी संगठन भन्नाले सामान्यतया कम्युनिष्ट विचारधारामा आधारित संगठन भन्ने बुझिन्छ।उदाहरणका लागि:अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)[ANNISU-REVOLUTIONARY]।यस्ता संगठनहरुले सामाजिक, शैक्षिक र राजनैतिक परिवर्तनका लागि काम गर्छन्।यश संगठनभित्र पनि विभिन्न किसिमका विभागहरुको गठन गरिएको हुन्छ। ती मध्ये छात्रा विभाग एउटा विभाग हो।

बिज्ञापन

छात्रा भन्नाले नेपालीमा महिला विद्यार्थी भन्ने बुझिन्छ।यो शब्दमा सामान्यतया स्कूल,कलेज वा विश्वविद्यालयमा अध्ययन गर्ने केटी वा महिलालाई जनाउन प्रयोग गरिन्छ। विगतको इतिहास हेर्ने हो भने नेपालमा छात्राहरूको अवस्था सामाजिक ,सांस्कृतिक ,आर्थिक र शैक्षिक दृष्टिकोणले निकै सीमित र चुनौतीपूर्ण थियो। नेपालमा छात्राहरूको अवस्था सामाजिक र सांस्कृतिक बन्देज ,आर्थिक कठिनाइ र शैक्षिक अवसरको अभावले निकै कठिन थियो। सीमित शैक्षिक अवसर, लैंगिक असमानता ,आर्थिक अवरोध ,जातीय र क्षेत्रीय विभेद ,महिला हिंसा र असुरक्षा जस्ता जटिल समस्याहरुबाट छात्राहरु गुज्रिन परेको थियो। वि.सं.२००७ सालअघि नेपालमा औपचारिक शिक्षा प्रणाली धेरै सीमित थियो ।पहिलो औपचारिक विद्यालय ‘दरबार हाइ स्कुल ‘राणा वर्गको लागि मात्र खुला थियो जसमा सामान्य जनताका छोराछोरी अझ भनौँ छात्राहरूले शिक्षामा पहुँच पाउनु भनेको “आकाशको फल आँखा तरी मर” जस्तै थियो। वि.सं २००७ सालमा नेपालको साक्षरता दर करिब २% मात्र थियो र महिलाहरूको साक्षरता दर अझ कम (लगभग शून्य )थियो।

बिज्ञापन

परम्परागत मान्यता अनुसार समाजमा छोरीहरूलाई घरयासी काम र विवाहको तयारीमा सीमित राख्ने गरिन्थ्यो। विगतमा बालविवाहको कारण या प्रचलनले गर्दा धेरै छात्राहरूले सानै उमेरमा विद्यालय छोड्न बाध्य हुन्थे। जसले उनीहरूको शैक्षिक र व्यक्तिगत विकासमा ठूलो बाधा पुर्‍यायो। विशेष गरी ग्रामीण क्षेत्रमा रजस्वला हुँदा छात्राहरुलाई विद्यालय जान रोक लगाइन्थ्यो, जसले उनीहरूको पढाइमा निरन्तरता भङ्ग हुन्थ्यो। दलित ,जनजाति र दुर्गम क्षेत्रका छात्राहरूले थप विभेदको सामना गर्नुपर्थ्यो। सामाजिक र क्षेत्रीय असमानताले उनीहरूको शैक्षिक अवसरलाई झनै सीमित बनायो। विसं २००७ सालमा प्रजातन्त्रको आगमनपछि शिक्षामा सुधारका प्रयासहरू सुरु भए। सामुदायिक विद्यालयहरू खुल्न थाले र बिस्तारै छात्राहरूको सहभागिता बढ्यो।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा महिलाको साक्षरता दर ६५.२%जुन पुरुषको ८२.७% भन्दा कम हो तर विगतको तुलनामा यो उल्लेखनीय प्रगति हो। प्राथमिक तहमा छात्राहरूको नामांकन दर ९७% नजिक छ भने उच्च शिक्षामा छात्राहरूको सहभागिता ५२. ०५% पुगेको छ। “छोरी शिक्षा बीमा” र “बेटी बचाउ,बेटी पढाउ” जस्ता कार्यक्रमले पनि छात्राहरूको शिक्षामा जोड दिएको छ। हाल नेपालमा छात्रारूको अवस्था शैक्षिक र सामाजिक रुपमा सुधारुन्मुख छ। अझ विशेषगरी साक्षरता, नामाङ्कन र नीतिगत समर्थनमा छात्राहरूको विकास हुँदै गएको छ।

बिज्ञापन

क्रान्तिकारी संगठनमा छात्रा विभागले छात्राहरुको सशक्तिकरण गर्नका लागि विशेष योगदान पुर्याएको हुन्छ। क्रान्तिकारी संगठनमा आबद्ध भइसकेपछि छात्राहरुले निर्वाह गर्नुपर्ने भूमिकाहरुको बारेमा विस्तृत रूपमा उल्लेख गरिएको छः

१.नेतृत्व र संगठनात्मक भूमिका:
छात्राहरूले क्रान्तिकारी संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गर्छन्। जस्तै:छात्रा विभाग प्रमुख, उप-प्रमुख आदि। उनीहरूले संगठनको नीति निर्माण रणनीति तयार र कार्यक्रम सञ्चालनमा सक्रिय हुन्छन्। छात्राहरूले नयाँ सदस्य भर्ती,जागरुकता अभियान र संगठनको सन्देशलाई ग्रामीण तथा सहरी क्षेत्रमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्छन्।

२. शैक्षिक सुधारमा योगदान:
यस्ता संगठनमा छात्राहरूले लैङ्गिक समानता र गुणस्तरीय शिक्षाको पक्षमा वकालत गर्छन्। उनीहरुले निःशुल्क शिक्षा, छात्रवृत्ति र दुर्गम क्षेत्रमा शिक्षाको पहुँचका लागि आन्दोलन गर्छन्। छात्राहरूले क्याम्पस वा विश्वविद्यालयमा शुल्क वृद्धि ,भेदभाव वा अन्यायविरुद्ध आवाज उठाउँछन् र प्रशासनसँग वार्ता गर्छन्।

३. लैङ्गिक सशक्तिकरण:
क्रान्तिकारी संगठनहरूले छात्राहरूलाई नेतृत्व र आत्मनिर्भरताका लागि प्रोत्साहन गर्छन्। उनीहरूले छात्राविरुद्ध हुने भेदभाव र हिंसाविरुद्ध लड्न प्रेरित गर्छन्। संगठनले छात्राहरूले वक्तृत्वकला,लेखन र संगठनात्मक सीप सिकाउने काम गर्छ जसले उनीहरूको सामाजिक र व्यक्तिगत विकासमा सहयोग पुर्‍याउँछ।

४.एैतिहासिक योगदान:
जनयुद्ध कालमा अखिल(क्रान्तिकारी)संग आवद्ध भएर धेरै छात्राहरुले सशस्त्र सङ्घर्षदेखि सामुदायिक जागरुकतासम्म योगदान दिएका छन्।उदाहरणका लागि:बर्दियाली प्रथम छात्रा सहिद जुगन चौधरी क.जुना।बर्दियाको नामुद फटाहा खैरीचन्द्रपुर बस्ने युवराज उपाध्यायमाथि जन कारवाहि गर्ने क्रममा जेठ ७ गते उहाँले सहादत प्राप्त गर्नुभयो। उहाँको उमेर १५ वर्षको थियो र उहाँ त्यसबेला एक सामान्य कलाकारको रूपमा संगठनमा आबद्ध हुनुहुन्थ्यो।त्यसैगरी अर्की सहिद सीमा चौधरिलाई पनि अर्का नामुद फटाहा भरत शाहलाई कार्वाही गर्ने क्रममा गिरफ्तार गरी गोली हानी हत्या गरिएको थियो। उहाँले सहादत प्राप्त गर्ने समयमा ६ महिनाकि गर्भवती हुनुहुन्थ्यो भने उहाँ क. जुनाकी बहिनी हुनुहुन्छ।

हाल यस्ता संगठनमा छात्राहरुले शिक्षाको मौलिक हक, लैङ्गिक समानता र सामाजिक न्यायका मुद्दामा सक्रिय छन्।तथापि संगठनहरुले आन्तरिक एकता र प्रभावकारितामा चुनौती सामना गरिरहेका छन्।ग्रामीण क्षेत्रमा परम्परागत मान्यताले छात्राहरूलाई संगठनमा सक्रिय बनाउन कठिन बनाउँछ।परिवार र समाजको विरोधको सामना गर्नुपर्छ।आन्दोलन वा प्रदर्शनमा भागलिदा हिंसा वा गिरफ्तारीको जोखिम हुन्छ।कहिलेकाहीं संगठनभित्र पुरुषप्रधान मानसिकताले छात्राहरुको भूमिकालाई सीमित गर्न सक्छ।क्रान्तिकारी संगठनको छात्रा विभागमा छात्राहरुले नेतृत्व,आन्दोलन र जागरूकतामार्फत् शैक्षिक सामाजिक र राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छन्। उनीहरूको सक्रियताले समाजमा लैङ्गिक समानता र सशक्तिकरणलाई प्रोत्साहन गर्छ। यद्यपि सामाजिक र संगठनात्मक चुनौतीहरू कायम छन्। यस्ता चुनौतीहरूको सामना गर्दै निरन्तर रुपमा छात्राहरूकोअधिकारका निम्ति लडिरहनु नै क्रान्तिकारी छात्रामा हुनुपर्ने गुण हो ।
सञ्जना राई
अखिल (क्रान्तिकारी)केन्द्रीय सदस्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
सन्जना चाम्लिङ राई
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page