काठमाडौं, वैशाख आन्दोलनरत शिक्षकहरूले आज आइतबार पनि काठमाडौंमा प्रर्दशन जारी राखेका छन् । चैत २० गतेदेखि काठमाडौं केन्द्रित प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज ११ औं दिन पनि प्रदर्शन गरेका हुन् । विद्यालय शिक्षासम्बन्धी विधेयकका सम्बन्धी देशभरिका शिक्षकहरू आन्दोलनमा उत्रिएका छन्। शिक्षकहरूले शिक्षाको गुणस्तर सुधार, तलब वृद्धि, स्थायी नियुक्तिको सुनिश्चितता, र पेशागत सम्मानका लागि विभिन्न माग राख्दै चरणबद्ध आन्दोलन सुरू गरेका हुन्।

बिज्ञापन

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा भएको आन्दोलनले हाल विद्यालय शिक्षामा व्यापक असर परेको छ। कतिपय स्थानमा पठनपाठन ठप्प भएको छ भने अभिभावकहरूले छोराछोरीको भविष्यप्रति चिन्ता व्यक्त गरिरहेका छन्।

बिज्ञापन

महासङ्घका अध्यक्षले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। “हामी शिक्षक हौं, राष्ट्र निर्माणको मेरुदण्ड हौं भन्ने कुरा सरकारले बुझ्नुपर्ने हो,” अध्यक्षले भने।

शिक्षा मन्त्रालयले भने वार्ताको पहल भइरहेको बताएको छ। तर दुवै पक्षबीच सहमतिको सम्भावना अहिलेसम्म देखिएको छैन। सैबीच शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा गठित उपसमितिले आन्दोलनरत शिक्षकहरूको विषय विधेयकको विषयवस्तु रहेको भन्दै आन्दोलनबारे पुनर्विचार गर्न आग्रह गरेको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page