काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आफ्नो पार्टीका सम्पूर्ण नेताहरुको सम्पति विवरण पार्टीलाई बुझाउनुपर्ने निर्णय गरेको छ ।

बिज्ञापन

प्रथम विस्तारित बैठकले गरेका निर्णयको सार्वजनिकको लागी काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत नेकपा (बहुमत) ले पार्टी केन्द्रीय सदस्यले आफ्नो सम्पत्ति विवरण पार्टीलाई बुझाउने निर्णय गरेको जानकारी दिएको हो ।

बिज्ञापन

उक्त पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ द्धारा हस्ताक्षरित प्रेस वक्तव्यमा महाधिवेशनले अनुमोदन गर्ने गरी सबै केन्द्रीय सदस्यहरूले आफ्‌नो सम्पत्ति विवरण पार्टीलाई बुझाउने निर्णय गरिएको बताइएको छ ।

साथै पत्रकार सम्मेलन मार्फत उक्त पार्टीले शिक्षा र स्वास्थ्यमा निजिकरणकाे अन्त्य गर्न चरणबद्ध संघर्ष गर्ने, कृषि उपज राज्यद्वारा खरिद अभियान सञ्चालन गर्ने, बैक, लघुवित्त र सहकारीकाे लुटपाट बिरूद्ध व्यापक जनपरिचालन गर्ने, राष्ट्र प्रमुखहरू, प्रधानमन्त्रीहरू लगायत विशिष्ट व्यक्तिहरूकाे सम्पत्ति छानविन गरि भ्रष्टाचारीकाे सम्पत्ति राष्ट्रियकरण गर्ने, प्रत्येक वडामा एउटा सरकारी उद्योग स्थापना गर्ने अभियान सञ्चालन गर्ने उद्घाेष समेत गरेको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page