अछाम शुक्रबार बिहान करिब ११ बजे घरबाट हराएकी ढकारी–४ बलाता बस्ने ३५ वर्षीया मनिषा देवी साउँद जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेकाे प्रहरीले जनाएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयकाअनुसार वडा सदस्य समेत रहेकी साउदको परिवारले शनिबार दिउँसो करिब २ बजेतिर प्रहरी चौकी ढकारीमा हुलिया सहित खाेजीका लागि निवेदन दिएकाे थियाे ।

बिज्ञापन

प्रहरी र स्थानीयवासी मिलेर खोजतलास सुरु गरेका थिए ।
खोजीका क्रममा आज साँझ पाँच बजेतिर उनी घरदेखि करिब ५०० मिटर टाढा पर्ने पाले वन क्षेत्रभित्र सालको रूखमा प्लास्टिकको डोरीले झुन्डिएको अवस्थामा मृत फेला परेकि हुन् ।

अहिले प्रहरी टाेली घटनास्थल गएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतक साउद  र उनकै वडाका नेकपाका स्थानीय नेतालाई एउटै काेठाभित्र रंगेहात फेला परेकाे भन्दै सामाजिक सञ्जालमा भिडियो समेत सार्वजनिक भएको थियाे । उक्त घटनापछि भने उनी बेपत्ता भएकी थिईन् ।

बिज्ञापन

सार्वजनिक भिडियोमा स्थानीयले महिला र पुरूष दुवैलाई केरकार गरेकाे देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
रमिता बि.क
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
Coming soon page