काठमाडौं , चन्द्रागिरी नगरपालिका अन्तर्गत रहेको श्री भिम माध्यमिक विद्यालय मा सञ्चालन भइरहेको ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
कार्यक्रम अन्तर्गत विद्यालयका विद्यार्थीहरूले कृषिमा उत्पादनमूलक तथा सीपमूलक गतिविधिमा सहभागी भई व्यावहारिक ज्ञान हासिल गरिरहेका छन्। विद्यार्थीहरूले अध्ययनसँगै उत्पादन कार्यमा संलग्न भई आत्मनिर्भर बन्ने सीप विकास गरिरहेका विद्यालयलका प्रधानाध्यापक इन्द्र प्रसाद काप्री ले बतायका छ्न ।

यस कार्यक्रमले विद्यार्थीहरूमा श्रमप्रतिको सम्मान, उद्यमशीलता र व्यावसायिक सीप विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। विद्यालयमा उत्पादित सामग्रीले विद्यार्थीहरूलाई व्यवहारिक अनुभव प्रदान गर्नुका साथै भविष्यमा स्वरोजगार बन्न प्रेरणा दिएको बताइएको छ।
विद्यालय प्रशासनका अनुसार ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी र विस्तार गर्ने योजना समेत बनाएको बताएका छन
बिज्ञापन

बिज्ञापन














